आगामी फागुन १२ मा पोशिलो स्पोर्ट्स डे आयोजना हुने भएको छ।
पोशिलो फूड्स, जिम वुल्फ फिटनेस, एनवाइएफसी नेपाल, पुल्चोक गर्ल्स क्लब र रिभोल्ट स्पोर्ट्स क्लबले संयुक्त रूपमा पुल्चोक ग्राउण्डमा ‘पोशिलो स्पोर्ट्स डे’ को आयोजना भएका हुन्।
यस खेलकुद कार्यक्रम मार्फत हसबैलाई स्वास्थ्य, फिटनेस र खेलकुदमा सक्रिय रहन प्रोत्साहित गर्न लागिएको आयोजकको भनाइ छ।
कार्यक्रमको मुख्य आकषर्ण ६ किलोमिटर दौड रहने छ। जसमा पुरुष र महिला दुवै श्रेणीमा प्रतिस्पर्धा हुनेछ। यस्ते अल नेपाल ३ पोइन्ट च्यालेन्ज र अल नेपाल डेड ह्यांग च्यालेन्ज पनि हुनेछ। प्रत्येक श्रेणीमा पुरुष र महिला टप-१० प्रतिस्पर्धीलाई रु ५०,००० मूल्य बराबरको पुरस्कार प्रदान गरिनेछ। ३ पोइन्ट च्यालेन्जका टप ३ प्रतिस्पर्धीलाई पुरस्कार स्वरूप, प्रथम स्थान पाउने व्यक्तिलाई रु २०,००० मूल्य बराबरको पुरस्कार प्रदान गरिनेछ।
यस कार्यक्रममा बास्केटबल, फुटबल, र क्रिकेटका मिनि गेम्स समावेश गरिएका छन्। च्यालेन्ज पूरा गर्ने सबै प्रतिस्पर्धीले पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन्। मुख्य र सह-मुख्य कार्यक्रममा प्री-रेजिस ट्रेशन गर्नुपर्ने हुन्छ, जसको लागि इसेवा एप मार्फत प्री-रेजिस्ट्रेशन गर्न सकिन्छ।