नासिर याहा हुसेनले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन्।
नासिरले ४०० मिटर फ्रिस्टायलमा आफैँले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा कायम गरेको ४ मिनेट ८.२३ सेकेन्ड समयको कीर्तिमान २.५८ सेकेन्डले सुधार गर्दै ४ मिनेट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्न सफल भएको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन्।
दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नेपालबाट नासिरका साथै एलेक्जेण्डर गादेगाद शाह, गौरिका सिंह र दुवाना लामाले प्रतिस्पर्धा गरिरहेका छन्।
यो च्याम्पियनसिप फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सको छनोट प्रतियोगिता समेत रहेको छ।