आइसिसी यू-१९ विश्वकप २०२४ को छनोट जितेको नेपाली टिमका खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले नगद ३-३ लाख रुपैयाँ प्रदान गरेको छ।
यसअघि घोषित पुरस्कार आइतबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले प्रदान गरेका हुन्।
नेपालले एसिया छनोटमा आयोजक युएईलाई पराजित गर्दै विश्वकप २०२४ मा स्थान बनाएको थियो।
दक्षिण अफ्रिका भएको विश्वकपमा नेपालले समूह चरणमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। अफगानिस्तानलाई हराएपछि सुपर-६ मा पुगेको नेपालले भारत र बंगलादेशसँग खेलेको थियो।
यस्तै मन्त्रालयले यू-२२ एसिया बक्सिङ च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरेको छ।
क्रिकेट खेलाडी :- देव खनाल (कप्तान), दिपेशप्रसाद कँडेल, दीपक बोहरा खेलाडी, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशाल विक्रम के.सी., मिलन बोहरा
अफिसियल :- जगतबहादुर टमाटा- मुख्य प्रशिक्षक- २ लाख, विक्रम विष्ट-टिम व्यवस्थापक-१ लाख, पूर्णबहादुर तिरुवा-फिजियो-१ लाख
बक्सिङ खेलाडी :- सुष्मा तामाङ - रजत - ६ लाख, हेमा राई- काश्य- ३ लाख, त्रिशा जबेगु- काश्य-३ लाख, विजय बाटा- काश्य - ३ लाख मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक :- दिपक महर्जन- मुख्य प्रशिक्षक - १ लाख ८ हजार, सन्दिप श्रेष्ठ - सहायक प्रशिक्षक - ७२ हजार