ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरण सम्पन्न भएको छ।
झुलेमा सुरु भएर रानीकोटमा सम्पन्न भएको ३० किमी दौडमा पुरुषतर्फ रमेश लिम्बु र महिलातर्फ प्रिया राई पहिलो भइन्।
पुरुष दौडमा रमेशले निर्धारीत दुरी ३ घन्टा ११ मिेनट ३४ सकेन्डमा पूरा गरे।
सुजित जर्घा मगर ३ घन्टा २४ मिनेट ३२ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा ३ घन्टा २९ मिनेट २८ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।
महिलातर्फ च्याम्पियन बनेकी प्रियाले चार घन्टा पाँच मिनेट ५२ सकेन्डमा दौड पूरा गरिन्।
यसैगरी केभिआर स्टेज रेस च्यालेन्जकै दोस्रो चरणकी विजेता छोकी शेर्पा सात सकेन्डले पछाडि रहेर उपविजेतामा चित्त बुझाउन बाध्य भइन।
छोकीले चार घन्टा पाँच मिनेट ५९ सकेन्डमा दौड पूरा गरे। यसैगरी निर्मला राईले चार घन्टा २७ मिनेट २५ सकेन्ड समय लगाएर तेस्रो स्थन हासिल गरिन्।
सो स्टेज रेस च्यालेन्सको दोस्रो चरणमा स्वदेशी र विदेशी गरी ९६ धावकधाविकाको सहभागिता रहेको थियो।