उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा दिने विषय सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
उनले खेलाडीहरूले देशको शीर उच्च बनाएको पनि बताए।
तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता बिहीबार उद्घाटन गर्दै उनले खेल संरचना निर्माण सरकारको प्राथमिकतामा रहेको बताए।
उपप्रधानमन्त्री खड्काले कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको पनि बताए।
पूरै जीवन यो देश, देशको माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने भट्टराई सधैं प्रेरणाको स्रोत भएको उनको भनाइ थियो।