बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनको महिलामा नेपालकी सन्तोषी श्रेष्ठले शुक्रबार स्वर्ण जितेकी छन्।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरिन्।
सोही स्पर्धामा पुष्पा भण्डारीले २ घण्टा ४९ मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् ।
पुरुषमा खडकबहादुर खड्का तेश्रो भए । उनले निर्धारित दूरी २ घण्टा १८ मिनेट ३२ सेकेन्डमा तय गरे । नेपालबाट पदक विजेता ३ खेलाडीसहित ७ खेलाडी सहभागी थिए ।