नेपालका अर्नव पाण्डेले चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।
स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सह–आयोजनामा भएको प्रतियोगिताको १५ औं चरणको खेलमा अनर्वले २६४३ अंक जोडे।
नैकापस्थित ब्राइट फ्युचर माविमा भएको प्रतियोगितामा रजत र कांस्य पनि नेपाली खेलाडीले नै जिते।
रुविन श्रेष्ठ ९१२ अंकसाथ दोश्रो तथा विनिता वर्मा ६९९ अंकसाथ तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार पाए।
तीनदिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिकाका ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । साइड इभेन्टमा भने अमेरिकाका साम कान्तिमाथी पहिलो भए । उनले ७ चरणको खेलमा १४८५ अंक जोडे।
विजेतालाई बागमती प्रदेशका सांसद् केशव पोखरेल, ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष प्रदीप जोशी र महासचिव राजकुमार कार्की, स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।