१३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोबाट स्वर्ण जितेकी निता गुरुङ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन्।
गत डिसेम्बर ७ देखि १० सम्म विश्व तेक्वान्दोले दक्षिण कोरियाको मुजुमा आयोजना गरेको १२६औं ग्यारोगी सेमिनारमा लिएको परीक्षामा उनी उतीर्ण भएकी हुन्।
यससँगै अब उनले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ग्यारोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्न पाउनेछिन्।
यो परीक्षामा सागकी अर्की स्वर्ण विजेता काजल श्रेष्ठ पनि उतीर्ण भएकी छिन्। तर पाँच जना भने सफल हुन सकेनन्।
सुनसरीकी गुरुङ हाल त्रिभुवन आर्मी क्लबसँग आबद्ध छिन्।
उनले १३औं सागमा पुम्सेको यू-२३ को टिम पुम्सेमा स्वर्ण जितेकी थिइन्। त्यसअघि उनले इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा पुम्सेमा प्रतिस्पर्धा गरेकी थिइन्।