युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले ५५ औं एसियाली शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी खेलाडी रजनी श्रेष्ठलाई चार महिनापछि सम्मान गरेका छन्।
बुधबार मन्त्रालयमै बोलाएर मन्त्री लिम्बूले श्रेष्ठलाई सम्मान गरेका हुन्।
श्रेष्ठले गत भदौमा काठमाडौंमा सम्पन्न ५५ औं एसियाली शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसिपको ५५ किलो तौल समूहमा भारतीय खेलाडी सविता बानियाँलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी थिइन्।
त्यसको चार महिनापछि मन्त्री लिम्बूले उनलाई सम्मान गरेका हुन्। ढिलै भएपनि सरकारले सम्मानित गरेकोमा आफूलाई खुशी लागेको श्रेष्ठले बताइन्।