रोजगारीको सिलसिलामा कतारमा बस्दै आएका टेकप्रसाद गोतामे (ज्याकी चेन) ले उदयपुर जिल्ला ह्यान्डबल संघलाई २० स्थान बल सहयोग गरेका छन्।
तीस हजार रुपैयाँ बराबरको बल फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, राष्ट्रिय खेलकुद परिषदकी उपनिर्देशक प्रशिक्षक संगिना बैद्य र कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राईको उपस्थितिमा ह्यान्डबल प्रशिक्षक बिन्दा थापालाई हस्तान्तरण गरिएको थियो।
गोखरा पुर्ख्यौली घर भइ चितवन निवासी गोतमेले खेलकुदलाई माया गर्दै सामाजिक काम गरेकोमा प्रशिक्षक थापा र जिल्ला ह्यान्डबलले धन्यवाद दिएका छन्।
यसअघि गत फागुनमा गोतामेले नेपाली राष्ट्रिय महिला फुटबल टिमका एघार खेलाडीलाई फुटबल बुट सहयोगस्वरुप प्रदान गरेका थिए।
उनले एडिडास ब्रान्डको करिब एक लाख रुपैयाँ बराबरको बुट प्रदान गरेका थिए।