नेपाल स्क्वास एन्ड र्याकेट्स संघको अध्यक्षमा ध्रुबबहादुर गुरुङ चयन भएका छन्। संघको १४ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले आगामी चार वर्षका लागि गुरुङलाई अध्यक्षमा चयन गर्यो।
अध्यक्ष पदका लागि भएको मतदानमा गुरुङले मनोजबहादुर श्रेष्ठलाई हराए।
अन्य सबै पद निर्विरोध रहे। उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चयन भए। महासचिवको जिम्मेवारी लोकेन्द्रमान सिं भण्डारीले पाए। शैलेस अमात्य कोषाध्यक्ष र महेन्द्र महर्जन सचिवमा निर्विरोध चुनिए। सदस्यमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल वज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार रहेका छन्।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबचि उद्घाटन गरे। सदस्य–सचिव घिसिङले आगामी एसियाडमा राम्रो तयारी गर्न अनुरोध गर्दैै स्क्वासको प्रशिक्षणका लागि विदेशी प्रशिक्षकको पहल गर्न तयार रहेको प्रतिबद्धता जनाए।
सो समारोहमा होङजोउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका छ खेलाडी अरहान्त केशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन, वृmष्णा थापा, विपना ब्लोन र स्वस्थानी श्रेष्ठलाई सम्मान गरिएको थियो।
यसैगरी, पछिल्ला दुई कार्यकालको नेतृत्व गरेका किशोर महर्जनले स्क्वासलाई व्यवसायिक बनाउने प्रयास गरेको बताए। नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्क्वास संघको प्रगतिको कामना गर्दे एसियाडमा स्क्वासको सफलताका लागि शुभकामना दिए।