चीनमा हुने एसियाली खेलकुदका लागि बक्सिङ छनोटमा ५० किलो महिला तौल समूहअन्तर्गत आज भएको खेलमा नक्साल बक्सिङ क्लबकी सुस्मा तामाङले यचटुओका अस्मिता दुवाललाई ५-२ को आधारमा पराजित गरिन्।
५४ किलो तौल समूह महिलातर्फ आर्मीकी मीनु गुरुङले बक्समाण्डुकी अन्जली तेलीलाई ४-१ को आधारमा पराजित गरिन्।
महिला ५७ किलो तौल समूहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरी निशा तामाङलाई युनानिमस ५-० को आधारमा पराजित गरिन्।
६० किलो महिलातर्फ वाक ओभरको आधारमा एपीएफकी संगिता सुनारले आर्मीकी बर्षा श्रेष्ठलाई पराजित गरिन् भने महिला ६६ किलो तौल समूहमा एपीएफका विनिता थापा मगरले आर्मीकी निरु गुरुङ्गलाई ५-० को युनानिमस डिसिजनको आधारमा पराजित गरे। महिला ७५ केजीमा एपीएफकी सरस्वतिले एपीएफकी मनिता राईलाई पराजित गरिन्।
पुरुषतर्फ ५१ किलो तौल समूहमा यचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५-२ को आधारमा पराजित गरे।
पुरुषतर्फ ५७ किलो तौल समूहमा एचटुओका बुद्ध ग्याम्जो लामाले ४-१ को स्प्लिट डिसिजनको आधारमा बोसिगाँउ क्लबका सुलभ मालीलाई पराजित गरे।
पुरुष ६३.५ किलो तौल समूहमा जेनेक्सका मौसम राना मगरलाई ५-० अंकको आधारमा नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापा मगरले जीत हासिल गरे। भूपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन्।
पुरुष ७१ किलो तौल समूहमा आर्मीका दिपेश लामाले ४-१ अंकको आधारमा सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई पराजित गरे।