एसकेसी नेपाल र बलर्स एकेडेमीले दोश्रो ऋत कप एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। एसकेसी ब्वाइज तथा बलर्स गल्र्समा पहिलो भए।
बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा एसकेसीले टाइम आउटलाई १२–१० ले पराजित गर्यो।
एसकेसीका सन्देश खड्काले ५ अंक जोडे । डियुबीएचले टुख्यालाई ६–५ ले हराउदै तेश्रो भयो ।
गल्र्सको उपाधि भिडन्तमा बलर्सले इन्साइट भिजनलाई ५–२ ले पाखा लगायो।
बलर्सकी पेमा डोमा शेर्पाले ३ अंक जोडिन् । कथालयले राजधानीमाथि ११–५ को जित दर्ता गर्दै तेश्रो बन्यो ।
शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरियो । विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति प्राप्त गरे । उपविजेतालाई ५ हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरियो । तेश्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति पाए ।
ब्वाइजमा एसकेसीका सौगात खत्री तथा गल्र्समा पेमा डोमा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १०० प्रतिशत छात्रवृत्ति दिइयो ।
विजेतालाई ऋतका निर्देशक राजेन्द्र केसी, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव र बास्केटबल प्रशिक्षक विनोद क्षेत्रीले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने नकआउट प्रतियोगिताको ब्वाइजमा ९६ तथा गल्र्समा २४ गरी १ सय २० टिम सहभागी थिए ।