सर्बियाका नोभाक जोकोभिचले २३ औं ग्रान्डस्लाम जितेर इतिहास रचेका छन्।
तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका जोकोभिचले २३औं ग्रान्डस्लाम जित्दै कीर्तिमान बनाएका हुन्।
अहिलेसम्म उनी स्पेनका राफेल नाडालसँग बराबरीमा थिए। यससँगै जोकोभिच सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बने।
फ्रेन्च ओपनको आइतबार भएको फाइनलमा नर्वेका क्यास्पर रुडलाई पराजित गर्ने क्रममा जोकोभिकले खेल ७-६ (७-१) ६-३, ७-५ को सेटमा जिते।
यस जितमा राफेल नाडालले बधाई दिएका छन्। उनले भने, ‘२३ यस्तो संख्या हो कि केही वर्षअघिसम्म सोच्न पनि असम्भव देखिन्थे तर तिमीले त्यो गर्यौ।'
उनको २३ ग्राण्डस्लाममा अष्ट्रेलियन ओपन १०, विम्बल्डनमा सात, युएस ओपन तीन र तीन फ्रेन्च ओपन समावेश छन्।
उनी कम्तिमा तीन पटक सबै चार प्रमुख जित्ने पहिलो खेलाडी पनि बने।