चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष÷महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन्।
पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः शीर्ष २ मा रहँदै एसियाड सहभागिता निश्चित गरे।
पाँचदिने छनोटको पुरुषमा ९ तथा महिलामा ७ जनाले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए।