नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको केन्द्रीय कार्यसमिति गठन भएको छ।
शुक्रबार राजधानीमा आयोजित पाँचौं साधारण सभा तथा निर्वाचन कार्यक्रमबाट संघले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
संघको अध्यक्षमा अच्युत खनाल चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा सिमान्त उदास, अमिर कुमार श्रेष्ठ र जागृत पहाडी गरी तीन जना चयन भएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ लुम्बिनी प्रदेशका सदस्य सुवास पोखरेलले जानकारी दिए।
संघको महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईँ, सहसचिवमा डिऋ प्रसाद बजगाईँ र कोषाध्यक्षमा रत्नाकुमारी राई चयन भएका छन्।
सदस्यहरूमा सिजम सिंजाली मगर, राजकुमार घिमिरे, दिपेश आचार्य, सन्दीप नेपाली र माइकल बस्नेत चयन भएका छन्।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठ उपस्थित थिए।