चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट सम्पन्न भएको छ।
पुरुष/महिलामा समान ४/४ गरी ८ खेलाडी छनोट भएका छन्। यी खेलाडीहरूले आगामी सेप्टेम्बर २३ देखि चीनमा हुने एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्।
छनोट भएका खेलाडीहरु -
महिला
- आरिका गुरुङ (६७ केजीमाथि)
- निरुपा तामाङ (६१ केजीमुनि)
- सविना श्रेष्ठ ( ५५ केजीमुनि)
- एलिशा रास्कोटी (एकल काता)
पुरुष:
- सन्तोष श्रेष्ठ (६० केजीमुनि)]
- मोहम्मद शेख आलाम (६७ केजीमुनि)
- विप्लव श्रेष्ठ (८४ केजीमाथि)
- स्वर्णिम मानन्धर (एकल काता)