तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०२३ को उपाधि सुमन कुलुङले जितेका छन्।
उनले निर्धारित दूरी ३ घन्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै पहिलो स्थान हात पारे।
दोस्रो स्थानमा दलबहादुर कुँवर रहे। उनले ३ घन्टा ५७ मिनेटमा ५३ सेकेन्डमा दौडिए।
यसैगरी उमेश राई ४ घन्टा २ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए।
महिला हाफ म्याराथनतर्फ भारतकी सम्झना राई पहिलो भइन्। उनले ३ घन्टा १९ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरिन्।
अस्ट्रेलियाकी इमा विलियन्स ३ घन्टा २१ मिनेट ४१ सेकेन्ड दोस्रो भइन्।
रसियाकी अलेक्जेन्डर बुर्टसेभले ३ घन्टा २३ मिनेट ५४ सेकेन्ड निर्धारित दूरी पार गरेर तेस्रो स्थान हात पारिन्।