सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथलेटिक्सतर्फ १५०० मिटर दौडमा स्वर्ण जितेका छन् ।
हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्पm र विकेश पुरुषतर्फ स्वर्ण विजेता हुन्।
विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए । सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कांस्य पदक जिते । महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समय लगाइन् । रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते । हाइजम्पमा दोलखाकी रोजिना कार्कीलेस्वर्ण प्राप्त गरिन् ।उनी १.३१ मिटर उचाई माथि उफ्रिन् ।
चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए । यसै विधामा पुरुषतर्पm चितवनका अविनाश सुनारले स्वर्ण जिते । उनी १.६९ मिटर उचाई उफ्रिए । सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए । डिस्कस थ्रोमा महिलातर्पm रामेछापकी अनिता कार्कीले २१.९८ मिटर पर फ्याक्दै स्वर्ण जिते । दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए ।
पुरुषतर्फ भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे । उनले २७.७० मिटर पर फ्याके । चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए ।
तेक्वान्दो
दोस्रो बाग्मती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष एकल पुम्सेमा काठमाडौंका राम गोलले स्वर्ण जिते । उनले ६.६३३ अंक जोडे । नुवाकोटका सुजन तामाङ दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ र ललितपुरका श्रृजल श्रेष्ठ तेश्रो भए । उक्त स्पर्धाको महिलामा रामेछापकी सन्ध्या लामा ७.६६ अंकसाथ शीर्ष स्थानमा रहिन्। दोलखाकी हिमाला अधिकारी दोश्रो तथा सिन्धुपाल्चोककी मेनुका श्रेष्ठ र मकवानपुरकी कविना राई तेश्रो बने ।
हुप्राचौरमा भइरहेको प्रतियोगिताको पेयर पुम्सेमा काठमाडौंले स्वर्ण, रामेछापले रजत तथा काभ्रे र ललितपुरले कांस्य हात पारे । पुरुषको समूहगत पुम्सेमा काठमाडौं पहिलो, ललितपुर दोश्रो तथा नुवाकोट र रामेछाप तेश्रो स्थानमा रहे । महिला समूहगत पुम्से ललितपुरले स्वर्ण जित्यो । काठमाडौंले रजत तथा सिन्धुपाल्चोक र चितवनले कांस्य जिते ।
आइटिएफ तेक्वान्दो : सुस्मितालाई स्वर्ण
हेटौडा, जेठ ८– ललितपुरकी सुस्मिता केसीले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोको तेस्रो डान प्याटर्नमा स्वर्ण जितेकी छन् ।
हेटौडास्थित हुप्राचौर खेल मैदानमा सोमबारदेखि सुरु भएको आइटिएफको महिला सिनियर प्याटर्न (तेस्रो) मा सुस्मिताले अनुभवी खेलाडी चितवनकी रुविका खड्कालाई हराउँदै स्वर्ण जितेकी हुन् । यसै विधाको पुरुषमा काभ्रेका मनीष भैलाले स्वर्ण जित्दा ललितपुरका सागर श्रेष्ठलाई पछि पारे । दोस्रो डान प्याटर्नअन्तर्गत पुरुषमा ललितपुरका विष्णु भण्डारीले स्वर्ण र भक्तपुरका सिजन राई तथा महिलामा काभ्रेकी श्रृष्टि मल्लले स्वर्ण र ललितपुरकी दिलशा खत्रीले रजत पदक जिते ।
पहिलो डान प्याटर्नको महिलामा चितवनकी सुस्मिता तामाङ र भक्तपुरकी सबिना तामाङ शीर्ष दुई स्थानमा रहे । यसै विधाको पुरुषमा चितवनका आरएन महतोले स्वर्ण र भक्तपुरका सौरभ विश्वकर्माले रजत पदक प्राप्त गरे । जुनियर बेल्टमा पुरुषको रातो पेटीमा काभ्रेका रिजुल श्रेष्ठले स्वर्ण र सिन्धुपाल्चोकका सन्दीप सिम्खडाले रजत पदक जिते । यसै विधाको महिलामा भक्तपुरकी मुना राई स्वर्ण र चितवनकी सुस्मा तामाङ रजत जित्न सफल भए । नीलो पेटीतर्पm महिलामा ललितपुरकी आहाना तामाङले स्वर्ण र काभ्रेकी तुलसा गौतमले रजत पदक जिते ।
यसै विधाको पुरुषतर्फ काभ्रेका सुमन थापामगर स्वर्ण र रामेछापका साहिल दोङ रजत पदक जित्न सफल भए । पुरुष टिम प्याटर्नमा काभ्रेले स्वर्ण जित्दा भक्तपुरलाई पछि पा¥यो । महिलातर्पm भने चितवन पहिलो र भक्तपुर दोस्रो स्थानमा रह्यो ।
फुटबल : मकवानपुरको विजयी सुरुआत
घरेलु टोली मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा सोमबार विजयी सुरुआत गरेको छ ।
पिप्ले क्याम्पा रंगशालामा मकवानपुरले रसुवालाई ७–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । त्यस्तै नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१ तथा ललितपुरले सिन्धुलीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराए ।
गौरीटारमा भएको महिला फुटबलको पहिलो दिन चितवनले धादिङलाई २–१ तथा काठमाडौंले भक्तपुरलाई ५–० गोलले पाखा लगाए ।
महिला क्रिकेट : काठमाडौं च्याम्पियन
यशोदा विष्टको अलराउन्ड प्रदर्शनमा काठमाडौंले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत सोमबार महिला क्रिकेटको उपाधि जितेको छ ।
चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा सम्पन्न फाइनलमा काठमाडौंले घरेलु टोली चितवनमाथि ५७ रनको रबाफिलो जितसहित उपाधि उचालेको हो । १२५ रनको लक्ष्य पछ्याएको चितवन १५.१ ओभरमा ६७ रनमै समेटिएपछि काठमाडौंले सहज जितसहित उपाधि उचाल्यो । काठमाडौंका बलर बिपिशा शाही र संस्कृति फुँयालले तीन तथा यशोदा विष्टले दुई विकेट लिँदै चितवनको इनिङ सस्तैमा समेटे । चितवनका लागि आरती बिडारीले २८ रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२४ रनको योगफल खडा गरेको थियो । काठमाडौंका लागि यशोदा विष्टले सर्वाधिक ४३ रन जोड्दा विन्दा कटवाल ४० रनमा नटआउट रहिन् । चितवनकी हेलिशा गुरुङले दुई तथा सुमन खतिवडाले एक विकेट लिए । फाइनलमा अलराउन्ड प्रदर्शन गरेकी काठमाडौंकी यशोदा विष्ट प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् । चितवनकी सुमन खतिवडा उत्कृष्ट ब्याटर र काठमाडौंकी संस्कृति फुँयाल उत्कृष्ट बलर घोषित भए ।
पुरुष क्रिकेट मंगलबारदेखि चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमै सुरु हुँदैछ । प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको छ । रसुवा र सिन्धुली सहभागी छैनन् ।
कराते : सन्जुलाई एकल काता स्वर्ण
काठमाडौंकी सन्जु देशारले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा स्वर्ण जितेकी छन् । सन्जुले फाइनलमा चितवनकी पुजिस्मा श्रेष्ठलाई पछि पारिन् । महिला टिम कातामा काठमाडौं पहिलो, चितवन दोश्रो तथा काभ्रे र ललितपुर तेश्रो स्थानमा रहे ।
हुप्राचौरमा भइरहेको प्रतियोगिताको महिला ४५ केजीमा नुवाकोटकी पुष्पका लामा पहिलो भइन् । पुष्पकाले फाइनलमा रामेछापकी पविना सुवेदीलाई पराजित गरिन् । महिला ५५ केजीमा सिन्धुपाल्चोककी पार्वती श्रेष्ठले फाइनलमा सिन्धुलीकी निमा भोलनलाई हराउदै स्वर्ण चुमिन् । महिला ६८ केजीमा मकवानपुरकी पूजा खनालले बाजी मारिन् । पूजाले फाइनलमा सिन्धुपाल्चोककी रेश्मा राना मगरको चुनौती पन्छाइन् ।
पुरुष एकल कातामा काठमाडौंका रेहान जावेद पहिलो भए । उनले फाइनलमा काभ्रेका अन्जन यसमालीमाथि जित रचे । पुरुष टिम कातामा काठमाडौंले स्वर्ण, रामेछापले रजत तथा चितवन र काभ्रेले कांस्य जिते । पुरुष ५० केजीमा काठमाडौंका करण चौधरीले शीर्ष स्थान हात पारे । उनले फाइनलमा चितवनका प्रयास मानन्धरलाई पाखा लगाए । पुरुष ६० केजीमा सिन्धुपाल्चोकका डानिल लामाले फाइनलमा धादिङका करण गुरुङलाई पराजित गरिन् ।