नेपाल सुपर लिगका अध्यक्ष आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालवुटारस्थित प्रधानमन्त्री निवासमा भेट गरी खेल क्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोषको रकम प्रयोग गर्नको लागि पहल गरिदिन ध्यानाकर्षण गराएकी छिन्।
कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा पुर्याउन सक्ने सकारात्मक प्रवाभको विषयमा उनले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएकी हुन्।
यस विषयमा प्रधानमन्त्रीले आफू सकारात्मक रहेको जानकारी गराएको उनले बताएकी छिन्।
अध्यक्ष चौधरीले नेपाल सुपर लिगले नेपाली खेल क्षेत्रमा नीजि क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने र उत्कृष्ट प्रतियोगिताको माध्यमबाट नेपाली खेल क्षेत्रलाई थप व्यवसायिक र अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको बताएकी थिइन्।
नेपाल सुपर लिगका प्रवन्धक निर्देशक श्रीयान्स कार्की र सिइओ सुदिप शर्माको पनि प्रधानमन्त्रीसँगको भेटमा उपस्थित थिए।