नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतीमा आयोजना हुने राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको १६ औं संस्करण जेष्ठ २१ देखि २४ गते सम्म हुने भएको छ।
नेपाल एपिएफ क्लब (कृष्णमोहन स्मृती भवन) हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् ।
राष्ट्रिय बरियता प्रतियोगिता समेत रहेको प्रतियोगितामा पुरुष÷महिला एकल र युगल, मिक्स युगल, पुरुष यु–१२ र यु–१९, भेट्रान्स युगल ४५ र ५५ बर्ष माथि तथा अन्तर सरकारी सेवा (बहाल तथा निबृत्त) ३५ बर्ष माथिी गरि १० विधामा प्रतिस्पर्धा हुनेछ ।
कुल ८ लाख, ६५ हजार पुरस्कार रासी रहेको प्रतियोगितामा पुरुष र महिला एकलका विजयी शिर्ष तीनका खेलाडीहरुले नगद ७० हजार, ३५ हजार र २५ हजार प्राप्त गर्ने छन् । यसतै युगल तर्फ पहिलो हुनेले नगद ५५ हजार, दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद २० हजार प्राप्त गर्नेछन् । यस्तै ब्वाईज १२ र १९ बर्ष मुनिका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् । मिस्क युगल तर्फ प्रथमले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार प्राप्त गर्नेछन् । भेट्रान्स तर्फका दुवै समूह र अन्तर सरकारी सेवाका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रथम हुनेले नगद ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन् । यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
कार्यक्रमलाई फर्मुला प्लस ईभेन्ट एवं एडभर्टाईजिङ्ग प्रा.लि., नेपाल ब्याडमिन्टन संघ (प्राविधिक सहयोग), बागमती प्रदेश, योनेक्स सनराईज नेपाल, एपिएफ मेम्बर्स सोसाईटीले समन्वय र सहकार्य गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो।
साथै पत्रकार सम्मेलनमा १२ औं सहवीर स्मृती खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता संघ संग समन्वय गरि भदौमा संचालन गरिने समेत पत्रकार सम्मेलनमा बताइयो।