टेनिस खेलको विकास र विस्तारका लागि मण्डिखाटार जुनियर खुला टेनिस प्रतियोगिता सम्पन्न भएको छ।
गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ वर्षदेखि १६ वर्षसम्मको बालबालिकाको सहभागिता थियो। १०६ जना सहभागी रहेको यो प्रतियोगितामा राष्ट्रियस्तरमा पहिलो पटक सञ्चालन गरिएको हो ।
कार्यक्रममा नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले भनिन्,’५ वर्षदेखि १४ वर्षका बालबालिकालाई तालिम दिँदै आइरहको र यस्तो खेलले खेलकुदको बिकाससँगै राष्ट्रिय खेलाडी उत्पादन हुनेछ।'
मण्डिखाटार टेनिस क्लबका अध्यक्ष तथा आयोजक नवराज कुवंरले भने, ‘हामीले जुनियार टेनिस राष्ट्रिय रुपमा पहिलो चोटी गरेका हौ , यो खेलले आफनो क्षमता विकास सँगै खेलकुद क्षेत्रमा नै लाई टेवा पग्नेछ।'
प्रथम, दोस्रो र तेस्रो खेलाडीलाई नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
नेपालको टेनिस खेललाई देशब्यापी रुपमा विकास र बिस्तार गर्दै लैजाने तथा हरेक प्रदेशमा यो खेलको आयोजना गर्दै लैजाने कल्बका सल्लहाकार मेघेन्द्र प्रकाश गिरीले जानकारी दिए।
प्रतियोगितामा महिला आठ वर्ष उमेर समूह निम्ती कुवर, नौ वर्ष उमेर समुहमा सारा पन्त, १० वर्ष उमर समुहमा सारा पन्त, १२ वर्ष उमेर समूह (महिला) सिवाली गुरुङ, १० वर्ष उमेर समुह (महिला) सिवाली गुरुङ र १६ वर्ष उमेर समूह सुनिरा थापाले प्रथम भए।
यसैगरी पुरुषको आठ वर्ष उमेर समुहमा भिरल अग्रवाल, नौ वर्ष उमेर समुहमा, सूर्यजंग कार्की, १० वर्ष उमेर समुहमा विश्व विशेष डल्लाकोटी, १२ वर्ष उमेर समुहमा अर्पन सम्राट होला, १४ वर्ष उमेर समुहमा डेबिल श्रेष्ठ र महेश जोशी विजेता बनेका छन्।