कान्तिपुर पब्लिकेशन्स प्रालिले आयोजना गर्ने ‘कान्तिपुर हाफ म्याराथन’ जेठ १ मा हुने भएको छ।
हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (५ किमी) र ह्विलचियर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ।
हाफ म्याराथन पुरुष र महिला दुबैको विजेताले जनही १ लाख पाउने छन्।
त्यस्तै दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पा“चौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाउने छन्।
शारीरिक रुपमा फरक क्षमता हुने ह्विलिचयरतर्फ पहिलो देखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार पाउने छन्। कलेज रनतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले फुड गिफ्ट भौचर पाउने छन्। कर्पोरेटतर्फको विजेतालाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
यसपाली मुख्य नारा ‘लेस्ट गो ग्रिन टुगेदर’ राखिएको छ। पहिलो पटक कलेज रन राखिएको छ। यो ७ किलोमिटरको हुनेछ। यसमा १८ वर्ष माथिका विर्धार्थिहरुले दौडिन पाउने छन्।
सबै विधामा गरि ३ हजारभन्दा बढि प्रतिस्पर्धी हुने अपेक्षा रहेको आयोजकको भनाइ छ। खेलाडी दर्ता निशुल्क रहेको छ।
कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हु“दै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।
कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हु“दै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिने छ।
सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिने छ ।
पहिलो पटक समावेश गरेको कलेज रन कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भइ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुनेबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।
गत वर्ष पुरुषतर्फ नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्की र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई विजेता बनेका थिए।
‘कान्तिपुर हाफ म्याराथन’ को प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने ‘कान्तिपुर हाफ म्याराथन’ मा सिटिजन लाइफ इन्स्योरेन्स, एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ, केएफसी चिकेन, पिजा हट, होन्डा मोटरसाइकल, एनटीएनसी, नेपाल खाध संस्था, गमला घर, वेलडन एडभरटाइजिङ, हाम्रो बाजर डट कम पार्टनर छन्।