भुपेन्द्र गुरुङ र उद्धव थापा मगर सेल्फ डिफेन्स कोर्स तथा सेमिनारमा सहभागी हुन बुधबार इङल्यान्ड प्रस्थान गरेका छन्।
सेमिनार मे १३ र १४ तारिखमा इङल्यान्डको ब्रिडलिङटनमा हुनेछ । सेमिनारमा विभिन्न २७ राष्ट्रका ग्रान्ड मास्टर्सको सहभागिता रहने गुरुङले जानकारी गराए।
भुपेन्द्र नेपाल उमा कुङफु संघका महासचिव हुन् भने मगर सोही संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक मुख्य प्रशिक्षक हुन्।
दुवैले सेमिनारबाट हासिल गरेको ज्ञान अरुलाई सिकाएर व्यवहारमा उतार्ने बताए । उनीहरुलाई आदिवासी खेलकुद संघ नेपालका पदाधिकारीले एक कार्यक्रमबीच बिदाइ गरे ।