दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबारै एक कार्यक्रमबीच उच्च प्रदर्शनका लागि शुभकामना दिदै बिदाइ गरे।
फेब्रुअरी २६ देखि मार्च ५ तारिखसम्म हुने प्रतियोगितामा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान रहेका छन्।
प्रशिक्षकमा कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राई र अरविन्दकुमार झा, व्यवस्थापकमा लक्ष्मण बराल तथा निर्णायकमा विरेन्द्रकुमार यादव छन्।
प्रतियोगितामा १४ राष्ट्रको सहभागिता रहने छ। प्रतियोगिताकै दौरान हुने एसियाली कबड्डी महासंघको बैठकमा भाग लिन अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा र महासचिव विनोद प्रजापति पनि टोलीसंगै इरान प्रस्थान गरेका छन्।