आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली बक्सिङ टोली बिहीबार भारतको पञ्जाब जाने भएको छ।
पञ्जाब इन्स्टिच्युत अफ स्पोर्ट्समा खेलाडीले फेब्रुअरी २३ देखि मार्च १३ तारिखसम्म प्रशिक्षण गर्ने छन्। उनीहरुलाई क्युबाका वरिष्ठ प्रशिक्षक फर्नान्डेज र सुरिन्दर कौरले प्रशिक्षण दिने छन्।
विश्व बक्सिङमा सुष्माले ४८ केजी, अस्मिता दुवालले ५० केजी, अन्जनी तेलीले ५२ केजी, मिनु गुरुङले ५४ केजी, चन्द्रकला थापाले ५७ केजी, संगिता सुनारले ६० केजी र सरस्वती रानाले ७० केजी तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
प्रशिक्षकमा प्रकाश थापा मगर र अनुराधा लामा रहेका छन्।
टोली पञ्जाबाटै विश्व बक्सिङका लागि नयाँ दिल्ली जाने छ। विश्व बक्सिङ मार्च १३ देखि २७ सम्म चल्ने छ।