राष्ट्रिय खेलकुद परिषद्, कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन्। नेपाल गन्जमा फागुन ४ र ५ गते भएको संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ। दुई प्यानल बनाएर निर्वाचनमा गएका कर्मचारीहरुले केसीलाई अध्यक्ष छनोट गर्दा वरिष्ट उपाध्यक्षमा सुमन घले, उपाध्यक्षमा ध्रुव प्रसाद खनाल र महिला उपाध्यक्षमा पार्वती राई निर्वाचित भएका छन्।
महासचिवमा कुमार बस्नेत,उपमहासचिवमा गोपीकृष्ण निरौला,सचिवमा शैलेन्द्र श्रेष्ठ र मिन प्रसाद पोखरेल र कोषाध्यक्षमा रामकृष्ण घिमिरे चयन भएका निर्वाचन अधिकृत महेन्द्र राईले जानकारी दिएका छन्।
सदस्यहरुमा रेखा बस्नेत,विमला कार्की,सानुराजा केसी, दोवे तामाङ,पूर्ण कुमार योन्जन,अजुन ब कार्की,ब्रम्हदेव यादव,बिष्णुलाल श्रेष्ठ,अश्विनी कुमार अधिकारी,प्रविन रानामगर,भिमलाल विक,ढाकादेवी पराजुली र दुर्गा बस्नेत चयन भएका छन्।
कार्य समितिमा प्रदेश समितिका अध्यक्षहरु केन्द्रीय समितिमा पदेन उपाध्यक्ष रहने छन भने केन्द्रीय समितिले पाच जनालाई मनोनित गर्ने व्यवस्था कर्मचारी संघको विधानमा व्यवस्था रहेको छ। आजै पद हस्तान्तरण गरिएको समितिले जनाएको छ। नवनिर्वाचित केन्द्रिय समितिको पहिलो बैठक नेपालगन्जमा नै बसको निर्वाचित अध्यक्ष सरस्वती केसीले जानकारी दिएकी छन्।