टर्कीमा सोमबारको भूकम्पमा परेका एक विद्यालयको भलिबल टोलीको भत्किएको एक होटेलमा खोजी गर्दा तीन जनाको शव फेला परेको बिबिसीले जनाएको छ।
एडियामानको इसियास होटलबाट दुई शिक्षक र एक विद्यार्थीको शव फेला पारेको अधिकारीहरूले बताएका छन्।
महिला र पुरुषको टोलीसहित ३९ जना भवन भत्किदा भित्र रहेको बताइएको छ। जहाँ अहिले खेलाडीका परिवार जम्मा भएका छन् भने खोजी कार्य भइरहेको छ।
भूकम्पका कारण दक्षिणी टर्की र उत्तरी सिरियामा हजारौंको मृत्यु भएको छ।
खेलाडीहरू शिक्षक र अभिभावकसँगै फामागुस्ता टर्किस मारिफ कलेजबाट अदियामान गएका थिए।
सात तले भवन भत्किएपछि चार जना आफैं भग्नावशेषबाट बच्न सफल भएको बताइएको छ।