द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ। प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए।
फाइभ ए साइड फर्मेटमा हुने फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्।
बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३–१३ टिम सहभागी हुने छन्। खेल लिग कम नकआउट पद्धतिमा हुनेछ।
संस्थापक निर्देशक बस्नेतले कोरोना भाइरसका कारण रोखिएको प्रतियोगितालाई निरन्तरता दिनुका साथै विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले एक्सेल्सियर कपको सुरुआत गरेको बताए।
एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आठदिने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने जानकारी दिए। खेलहरु स्वयम्भूस्थित आयोजकको आफ्नै हातामा हुनेछ।