चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदको एथलेटिक्सका लागि २० खेलाडीको प्रारम्भिक छनोट गरिएको छ।
नेपाल एथलेटिक्स संघले विभिन्न ६ स्पर्धामा छनोट प्रतियोगिता आयोजना गरी २० खेलाडीको प्रारम्भिक छनोट गरेको एथलेटिक्सका केन्द्रीय सचिव आरके विष्टले जनाएका छन्।
म्याराथनमा कृष्ण बस्नेत, खडकबहादुर खड्का, नरेन्द्र रावत, होमलाल श्रेष्ठ, पुष्पा भण्डारी, विन्द्राधन्के श्रेष्ठ र रेखा विष्ट तथा १० हजार/५ हजार मिटर दौडमा गोपीचन्द्र पार्की, दीपक अधिकारी, सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र फुलमती राना छनोट भए। ५ हजार मिटर दौडमा मुकेशबहादुर पाल, गजेन्द्र राई र नागेश्वर अहिर तथा ८ सय/१ हजार ५ सय मिटर दौडमा अजितकुमार यादव, सुनिल सुनुवार, सोमबहादुर कुमाल, तेजबहादुर कार्की र सन्जिव नेपाली रहेका छन्।
एथलेटिक्स संघले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरेको दुईदिने छनोटमा २ सय ५० खेलाडीको सहभागिता रहेको सचिव विष्टले जानकारी गराए।
कराते
कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन्। प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो। बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुने छ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका स्वनिम मानन्धर पहिलो, नेपाल आर्मीका प्रवीण मानन्धर दोश्रो तथा नेपाल प्रहरीका महशुस मोक्तान र बाग्मती प्रदेशका यानुज महर्जन तेश्रो भए।
सो स्पर्धाको महिलामा प्रहरीकी निर्मला तामाङ पहिलो, प्रहरीकी चन्चला दनुवार दोश्रो तथा प्रहरीकी सरु कार्की र गण्डकी प्रदेशकी संगिता मगर तेश्रो भए।
नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको ८४ केजीमाथि प्रहरीका विप्लव श्रेष्ठ, बाग्मतीका आशिष थापा तथा प्रदेश १ का रोजन खड्का र आर्मीका विपिनराज सिंह जर्जी क्रमशः शीर्ष तीन स्थानमा रहे। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे।
बक्सिङ
बक्सिङ छनोटको फाइनल खेलहरूमा ५७ केजीमा बागमती प्रदेशका खेलाडी सुरज महर्जनले सशस्त्र प्रहरीका खेलाडी पुरन राईलाई अंकको आधारमा पराजित गर्दै जित हासिल गरे।
५२ केजीमा प्रहरीका खेलाडी चन्द्रबहादुर थापाले बागमती प्रदेशकाका लक्ष्मण राईलाई नेपाल अंकको आधारमा पराजितगर्दै प्रथम स्थान हासिल गरे।
६३ केजीमा प्रहरीका खेलाडी भुपेन्द्र थापाले सशस्त्रप्का खेलाडी सोनाम सार्कीलाई वाकओभरको आधारमा जित हासिल गरे।
७५ केजीमा आर्मीका श्रेष्ठले आर्मीकै दिपेश लामालाई वाकओभरको आधारमा जित हासिल गरे।
महिलातर्फ ५१ केजीमा बागमती प्रदेशका खेलाडी सुस्मा तामाङले आर्मीकी मिनु गुरुङलाई वाक ओभरको आधारमा जितिन्।५७ केजीमा आर्मीकी बिमला श्रेष्ठले बागमतीकी खेलाडी हेमा राईलाइ हराउँदै जित हासिल गरिन्।
६० केजीमा सशस्त्र प्रहरीकी संगिता सुनारले आर्मीकी वर्षा श्रेष्ठलाई, ६९ केजीमा सशस्त्रकी सरस्वती रानाले आर्मीकी सबिना श्रेष्ठलाई हराए।
छनोट भएका खेलाडी
मिनु गुरुङ, ललिता महर्जन, सुस्मा तामाङ, रिता दर्लामी, चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ, संगीता सुनार, पुनम रावल, देचेन शेर्पा, वर्षा श्रेष्ठ, सरस्वती रानामगर, सविना श्रेष्ठ, विनीता थापा मगर र निरु गुरुङ।
चन्द्र बहादुर थापा, प्रदिप महर्जन, लक्ष्मण राई, प्रेम चौधरी, सुरज महर्जन, पुरन राई, ईन्द्र बहादुर सुनार, शम्भु राजवंशी, भुपेन्द्र थापा, लालु आले, निशान दाश, सोनाम सार्की, दीपक श्रेष्ठ, शनील शाही, दिपेश लामा, साजन तामाङ बन्द प्रशिक्षणमा पर्न सफल भएका छन्।