नेपाल आर्मीले पुरुष/महिला दुवैमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ। पुरुषमा आर्मी ५ स्वर्ण र २ रजतसाथ च्याम्पियन बन्यो। महिलामा पनि च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण र २ रजत हात पार्यो।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित भए। इन्द्रले ५७ केजी फाइनलमा एपीएफका उपाधि दाबेदार एपीएफका पूरन राईलाई पराजित गरे। नेपाल प्रहरीका शम्भु राजवंशी र गण्डकी प्रदेशका सौगात कुमाल तेश्रो भए।
सरस्वतीले ७५ केजीमा फाइनलमा आर्मीकी निरु गुरुङलाई हराइन्। इन्द्रले टीभीएस मोटरसाइकल तथा सरस्वतीले टीभीएसकै स्कुटर पुरस्कारवापत प्राप्त गरे। प्रदेश १ की त्रिशा जबेगु लिम्बू र मधेश प्रदेशकी पूजा गुप्ताले कांस्य हासिल गरे।
बसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई पाखा लगाउदै पहिलो स्थान हात पारे। प्रहरीका चन्द्रबहादुर थापा र मधेश प्रदेशका मदनकृष्ण डंगोल तेश्रो बने। पुरुष ६३ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा मगरले बाजी मारे। उनले फाइनलमा आर्मीका पूरन सुनुवारलाई पन्छाउदै शीर्ष स्थान हात पारे। एपीएफका सोनाम सार्की र लुम्बिनी प्रदेशका अनिल पुन मगरले तेश्रो स्थानमा चित्त बुझाए। पुरुष ६९ केजीमा १३ औं सागका स्वर्ण विजेता प्रहरीका सनिल शाहीले फाइनलमा आर्मीका दानबहादुर दर्लामीमाथि जित दर्ता गरे। बाग्मती प्रदेशका शिरीष खनाल तथा सुदूरपश्चिम प्रदेशका भरत चन्द तेश्रो भए।
पुरुष ७५ केजीमा आर्मीका दीपेश लामा पहिलो भए। उनले फाइनलमा प्रदेश १ का सनम गुरुङलाई निराश पारे। मधेशका कोशिस श्रेष्ठ र कर्णाली प्रदेशका दिलराज भण्डारी तेश्रो स्थानमा सीमित भए। पुरुष ८१ क्ेजीमा आर्मीका दिपक श्रेष्ठले फाइनलमा सुदूरपश्चिमका श्यामबहादुर महताको चुनौती समाप्त पार्दै च्याम्पियन बने। प्रदेश १ का प्रसाङ लिम्बू इजाम र बाग्मतीका रोशन स्याङ्तानले कांस्यमा चित्त बुझाए। पुरुष ९१ केजीमा आर्मीका गणेश प्रदानले स्वर्ण जिते। उनले फाइनल भिडन्तमा एपीएफका रविन नेपाललाई पन्छाए। प्रदेश १ का प्रसिश रुचाल र गण्डकीका किरण विक तेश्रो भए।
महिला ५१ केजीमा आर्मीकी मीनु गुरुङले शीर्ष स्थान कब्जा गरिन्। १३ औं साग स्वर्णधारी मीनुले फाइनलमा प्रहरीकी दिवाना शेर्मालाई पराजित गरिन्। एपीएफकी सन्जुमाया थिङ र लुम्बिनीकी माया खत्री केसी तेश्रो भए। महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले फाइनलमा प्रहरीकी निशा तामाङलाई हराउदै पहिलो भइन्। एपीएफकी नाङजा बूढा मगर र प्रदेश १ की सुस्मिता राई कांस्यमा रोकिए। महिला ६० केजीमा आर्मीकी संगीता सुनारले फाइनलमा एपीएफकी संगीता डंगाललाई पाखा लगाउदै स्वर्ण हात पारिन्। प्रदेश १ की नारिका राई तथा बाग्मतीकी शशिकला राई तेश्रो बने। आर्मीकी पुनम रावलले एपीएफकी विनिता थापा मगरलाई पन्छ्याउदै महिला ६९ केजीको उपाधि भिडन्त आफ्नो पक्षमा पारिन्। मधेशकी अपराजिता गोतानी र लुम्बिनीकी जुनमाया थारु तेश्रो भए।
पुरुष÷महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सयका दरले नगद पुरस्कार प्राप्त गरे। विजेतालाई नेतृ सिर्जना सिंह, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपका पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, आयोजक कमिटीका संयोजक सन्जिव तुलाधर, प्रतियोगिता संयोजक राजिव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पाँचदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। सातै प्रदेश तथा आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडी सहभागी थिए।