नेपालमा पहिलो पटक एरोबिक टेबल टेनिसको सुरुवात भएको छ। एप्रिल ६ अर्थात बिश्व टेबल टेनिस डे को दिन आज नेपाल एपिएफ क्लबमा आयोजित कार्यक्रममा विविध कार्यक्रमका विच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै औपचारीक सुरुवात गरेका हुन्।
लण्डनस्थित एरोबिक टेबल टेनिसका संस्थापक स्टिभले आफ्नो उपस्थितीमा एरोविक टेबल टेनिसका बारेमा जानकारी प्रदान गरेका थिए। स्टिभले एन्डिजकी संस्थापक अनिता महर्जनलाई एकेडेमीको नेपालमा औपचारिकताको प्रमाण पत्र प्रदान गरे।
यस्तै एरोविक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभले नेपालस्थित एकेडेमीमा रहेका छात्र तथा छात्रालाई प्रशिक्षण प्रदान गर्ने र प्रशिक्षणमा उत्कृष्ट रहेका ३ छात्र तथा ३ छात्रालाई लण्डनस्थित एकेडेमीमा प्रशिक्षणका लागि छात्रबृत्ती प्रदान गर्नेछन्। यस्तै पूर्व सम्झौता अनुसार डिएचएसले प्रशिक्षणका लागि आवश्यक रोवोट र स्टेग ब्रान्डको टेबल टेनिस बोर्ड प्रायोजन गरेको छ। प्रशिक्षणमा उपयोगी रोवोट पहिलो पटक प्रयोगमा आएको एनिज पिङ्ग पङ्ग क्लबकी संस्थापक अनिता महर्जनले जानकारी गराईन्।
अनिता एरोविक टेबल टेनिसकी ब्राण्ड एम्बेसडर समेत हुन्। अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ्ग पङ्ग क्बल स्थापना गरि बच्चाहरुलाई निशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आईरहेकी छिन्।
एरोविक टेबलटेनिस नवखेलाडीहरुलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो। खेलाडीहरुलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै साँगितिक धुनको तालमा खेलाडीहरुलाई वर्कआउट, फुटवर्क गराउने जसका कारण खेलाडीहरुले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन्।
टेबलटेनिसमा रिदम र टाईमिङ्ग महत्वपूर्ण हुन्छ। यसलाई संगितसंग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्धत पुग्छ। एरोविक टेबलटेनिस उच्च ईनर्जी फिटनेश वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो।