आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ। टिम इभेन्टको ब्वाइजरगल्र्स दुवैमा एभीएम पहिलो भयो।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्पसदनलाई ३–० ले पराजित गर्यो। सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो भए।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा एभीएमले प्रभातलाई ३–० ले नै हरायो। सिर्जना ज्ञान सागर र प्रोक्सिमाले तेश्रो स्थानमा चित्त बुझाए।
फरक क्षमता भएकातर्फ पुरुष बहिरा सिंगल्समा सुशान्त लामाले स्वर्ण, अनिल हमालले रजत तथा सुशिल गुरुङ र दावा शेर्पाले कांस्य जिते। प्रतियोगिताअन्तर्गत पुरुष/महिला खुला सिंगल्सको लिग चरणका खेलहरु सुरु भएका छन्।
त्यस्तै भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका खेलहरु पनि प्रारम्भ भएका छन्।