नेपाल ब्यायाम मन्दिरले आयोजनामा हुने १६औं धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन्।
ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन्। खेलकुदको क्षेत्रमा शारिरीक सुगठनको व्यक्तिगत विधातर्फको यो नै सर्वाधिक पुरस्कार रासी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो। यस अघिको संस्करणमा पुरस्कार राशी ५ लाख रहेको थियो।
२०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ। पहिलो र दोश्रो संस्करणमा तौल समूहको आधारमा प्रतियोगिता गर्दै आइरहेकोमो तेश्रो संस्करणबाट प्रत्येक तौल समूहका विजयी खेलाडीहरूको अन्तिम प्रतिस्पर्धामा विजयीलाई धर्मश्री विजेताको रूपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो।
शारिरीक सुगठनको इतिहासमानै अतिनै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ। जसमा महिला तथा पुरूष फिजिक्स विधालाई थप गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
२०७९ वैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ। फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ। प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजीतौल समूहमा ४ सय खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरू बीचमा अन्तिम प्रतिस्पर्धा गराई विजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिने छ। प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्। यसैगरी
प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हाजार र सातौं हुनेले ८० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रूपियाँ प्रदान गरिनेछ। महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रूपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ। प्रतियोगिता सम्पन्न गर्न ९० लाख रूपियाँ खर्च हुने आयोजकले जनाएको छ।