जापानमा हुने टोकियो पारालिम्पिकमा भाग लिन नेपालबाट १ खेलाडीसहित ५ सदस्यीय टिम जाने भएको छ।
अगस्ट २४ देखि सुरु हुने पारालिम्पिक नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन्।
पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्। कविराज नेगी लामा प्रशिक्षक छन्।
पारालिम्पिकमा सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन्।
टिम शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
यता नेपाली टिमलाई कामरु ट्रेडिङ प्रालिले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ।
नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो।
कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले दरबारमार्गस्थित आफ्नै कार्यकक्षमा सामाग्री हस्तान्तरण गरे।