अफगानिस्तानका दुई जना पारा ओलम्पिक खेलाडीहरू टोकियो पारा ओलम्पिक २०२१ (पाराल्याम्पिक्स) मा भाग लिन जान नपाउने सम्भावना बढेको छ।
अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अहिले त्याहाँको स्थिति अहसज छ।
अफगानिस्तानका तेक्वान्दो खेलाडी जाकिया खुदादीले यसपटकको पारा ओलम्पिक खेल्ने तय थियो।
उनी अफगानिस्तानको तर्फबाट पारा ओलम्पिक खेल्ने पहिलो महिला खेलाडी हुँदै थिइन्।
यसैगरी एथलेटिक्स खेलाडी हुसेन रासोउली पनि खेल्ने तय छ।
दुवै जना बुधबार टोकियो पुग्ने कार्यक्रम थियो।
तर अफगानिस्तान पारा ओलम्पिक किमिटीबाट नियुक्त भएका सेफ दि मिसन एरियन सदिक्वीले टिमका लागि टोकियो जाने फ्लाइट महँगो भएको बताए। महँगो भाडा भएका कारण फ्लाइट मिलाउन गाह्रो भइरहेको उनले बीबीसीलाई बताएका छन्।
खेलाडी पारा ओलम्पिक खेल्न उत्साहित भएको र त्यसका लागि प्राप्त श्रोत-सधानमा तयारी गरेको उनले बताए। तर अहिले खेल्ने नपाउने स्थिति बनेकोमा दु:ख लागेको उनको भनाइ छ।
‘हामीले इतिहास बनाउन गइरहेका थियौं,’ सदिक्वीले भने।