केन्याका इलुड किपचोगेले टोकियो ओलम्पिकको म्याराथनमा स्वर्ण जितेका छन्।
आइतबार विहान भएको प्रतिस्पर्धामा उनले निर्धारित ४२ किलोमिटर २ घन्टा ८ मिनेट ३८ सेकेन्डमा पार गरे।
उनी सन् १९८० पछि ओलम्पिकमा लगातार स्वर्ण पदक जित्ने पहिलो खेलाडी बने।
यसअघि उनले रियो ओलम्पिक २०१६ मा पनि स्वर्ण जितेका थिए।
३६ वर्षीय इलुडले ओलम्पिक म्याराथनमा महान् खेलाडीको रूपमा दर्ज हुने क्रममा नेरदरल्यान्ड्सका अबडी नाबगीये भन्दा १ मिनेट २० सेकेन्डले अघि रहे।
बेल्जियमका बासिय अबडीले कास्य पदक हात पारे।
म्याराथनका विश्व कीर्तिमानी खेलाडी लगातार दोस्रो स्वर्ण जितेपछि उनले नयाँ पुस्ताका लागि उदाहरण भएको बताए।
उनले अनुसाशित भएमा खेलकुदमा आफूले चाहेको लक्ष्य प्राप्त गर्न सकिने बताए। उनले सन् २०१९ मा २ घन्टामा म्याराथन पूरा गर्दै विश्व कीर्तिमान बनाएका थिए।