टोकियो ओलम्पिकको अन्तिम दिनको खेलअघि पदक तालिकामा चीनको अग्रता कायमै छ।
चीनले अहिलेसम्म ३८ स्वर्ण, ३१ रजत र १८ कास्य पदक गरी कुल ८७ पदक जितेको छ।
दोस्रो स्थानमा रहेको अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्य गरी जम्मा १०८ पदक जितेको छ।
आयोजक जापान २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जितेर तेस्रो स्थानमा छ।
चौथो स्थानमा रसियन ओलम्पिक कमिटी छ। उसले २० स्वर्ण, २६ रजत र २३ कास्य गरी जम्मा ६९ पदक जितेको छ।
पाँचौ स्थानको ब्रिटेनले २० स्वर्ण, २१ रजत र २२ कास्य गरी कुल ६३ पदक जितेको छ।
टोकियो ओलम्पिकमा अहिलेसम्म ८५ देशले पदक जितेका छन्।
जसमध्ये ६३ देशले कम्तिमा एक स्वर्ण जितेका छन्। टोकियो ओलम्पकिमा आइतबार अन्तिम प्रतिस्पर्धा हुनेछ।
अन्तिम दिन आइतबार आठ खेलमा प्रतिस्पर्धा हुनेछ।