भारतले ओलम्पिकको एथलेटिक्स प्रतिस्पर्धामा पहिलो पटक स्वर्ण जितेको छ।
टोकियो ओलम्पिकअन्तर्गत भारतले शनिबार पुरूष ज्याभलिन थ्रोमा स्वर्ण जितेको हो। भारतका नीरज चोपडाले शनिबार स्वर्ण जितेका हुन्।
यसअघि भारतका कुनै पनि एथलेटिक्स खेलाडीले ओलम्पिकमा स्वर्ण जित्न सकेका थिएनन्।
२३ वर्षीय चोपडा सन् २०१८ को कमनवेल्थ गेम्सका च्याम्पियन हुन्।
उनले टोकियोमा ८७.५८ मिटर थ्रो गर्दा स्वर्ण पक्का भएको थियो। स्वर्ण जितेपछि उनले 'अविश्वसनीय' भन्दै प्रतिक्रिया दिएका छन्।
उनी ओलम्पिकमा भारतका लागि स्वर्ण जित्ने दोस्रो खेलाडी हुन्। यसअघि बेइजिङ ओलम्पिक २००८ मा सुटिङ खेलाडी अभिनव बिन्द्राले भारतका लागि १० मिटर एयर राइफलमा स्वर्ण जितेका थिए।
चोपडाले शनिबार स्वर्ण जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन्।
जारी टोकियो ओलम्पिकमा भारतले १ स्वर्ण, २ रजत र ४ कास्य गरी कुल ७ पदक जितेको छ। जारी ओलम्पिकमा पदक जित्ने भारत दक्षिण एसियाको एक्लो देश हो।