टोकियो ओम्पिकअन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धामा ब्राजिल क्वार्टरफाइनलमा पुगेको छ।
समूह 'डी' को खेलमा बुधबार ब्राजिलले साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
ब्राजिलको जितमा कुन्हाले १४ मिनेटमा पहिलो गोल गर्दा रिचार्लीसनले ७६ र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे।
यता आइभरी कोस्टसँग १-१ गोलको बराबरी खेलेको जर्मनी भने बाहिरिएको छ।
समूहमा ब्राजिलले तीन खेलबाट ७ अंक जोड्यो। पहिलो खेलमा जर्मनीलाई ४-२ ले हराएको ब्राजिलले दोस्रो खेलमा आइभरी कोस्टसँग बराबरी खेलेको थियो।
दोस्रो भएको आइभरी कोस्ट ५ अंक जोड्दै अन्तिम आठमा पुग्यो। ४ अंक जोडेको जर्मनी भने बाहिरियो।
यता समूह 'बी' बाट दक्षिण कोरिया र न्युजिल्यान्ड अन्तिम आठमा पुगेका छन्। दक्षिण कोरियाले बुधबार समूहको अन्तिम खेलमा होन्डुरसलाई ६-० ले हरायो।
न्युजिल्यान्डले रोमानियासँग गोलरहित बराबरी खेल्दै अन्तिम आठमा स्थान बनायो।