टोकियो ओलम्पिकअन्तर्गत सुडानका एक खेलाडीले इजरायलका खेलाडीसँग प्रतिस्पर्धा गर्न अस्वीकार गरेका छन्।
जुडो खेलाडी मोहम्मद अब्दुलरसुलले इजरायलका तोहार बत्बलसँग प्रतिस्पर्धा गर्न अस्वीकार गरेका हुन्।
अब्दुलरसुलले पहिलो राउन्डमा अल्जेरियाका खेलाडी फेतही नुरिनको सामना गर्दै थिए।
तर दोस्रो चरणमा इजरायली खेलाडीसँग प्रतिस्पर्धा हुने सम्भावना भएपछि उनले ओलम्पिकबाट आफ्नो नम फिर्ता लिएका थिए।
अब्दुलरसुलले अल्जेरियाको मिडियासँग ओलम्पिकबाट नाम फिर्ता लिनुको कारणबारे भनेका छन्,'हामीले यो प्रतियोगिताका लागि धेरै तयारी गरेका थियौं। तर यो भन्दा ठूलो प्यालेन्टाइनको मुद्दा हो।'
अफ्रिकन च्याम्पिनय अब्दुलरसुललाई त्यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले प्रतिबन्ध लगाउँदै घर फिर्ता पठाइदिएको छ।