जापानकी स्टार टेनिस खेलाडी नाओमी ओसाका टोकियो ओलम्पिकबाट बाहिरिएकी छिन्।
विश्व नम्बर दुई ओसाकालाई तेस्रो चरणको खेलमा चेक गणतन्त्रकी मार्केटा वोन्द्रूसोवाले ६-१ र ६-४ ले पराजित गरेकी हुन्।
मार्केटा विश्व वरीयतामा ४२औं स्थानमा छिन्।
२३ वर्षीया ओसाका जापानले स्वर्ण आसा गरेको मध्ये एक खेलाडी हुन्।
जापानकी चर्चित खेलाडी मध्येकी एक उनले उद्घाटनको दिन ओलम्पिक मशाल बालेकी थिइन्।
चार पटककी ग्रान्ड स्लाम विजेता उनले यो वर्ष युएस ओपन र अस्ट्रेलियन ओपन जितेकी थिइन्।
यस्तै उनले हार्ड कोर्टमा लगातार २६ खेलमा जित हात पारेकी थिइन्।
गत जुनमा फ्रेन्च ओपनबाट नाम फिर्ता लिएपछि उनको यो पहिलो प्रतियोगिता हो।