टोकियो ओलम्पिक २०२० अन्तर्गत पदक तालिकामा अमेरिका शीर्ष स्थानमा उक्लिएको छ।
अमेरिकाले अहिलेसम्म ७ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित १४ पदक जितेको छ।
अमेरिकाले फेन्सिङमा १ स्वर्ण जित्दा सुटिङबाट ३ स्वर्ण भित्र्याएको छ। अमेरिकाले पौडीबाट २ र तेक्वान्दोबाट १ स्वर्ण जितेको छ।
पदक तालिका आयोजक जापान दोस्रो स्थानमा उक्लिएको छ। जापानले पनि ७ स्वर्ण जितेको छ। उसले १ रजत र ३ कास्यसहित कुल ११ पदक जितेको छ।
जापानले जुडोबाट ४ स्वर्ण भित्र्याएको छ। यस्तै जापानले स्केटिङबोर्डबाट २ र पौडीबाट १ स्वर्ण जितेको छ।
यता चीन पदक तालिकामा तेस्रो स्थानमा झरेको छ। चीनले अहिलेसम्म ६ स्वर्ण, ३ रजत र ६ कास्यसहित १५ पदक हात पारेको छ।
चीनले भारोत्तोलनबाट ३ स्वर्ण जित्दा डाइभिङ, फेन्सिङ र सुटिङबाट १-१ स्वर्ण भित्र्याएको छ।
पदक तालिकामा ब्रिटेन ३ स्वर्ण, २ रजत र १ कास्य जित्दै चौथो र दक्षिण कोरिया ३ स्वर्ण र ४ कास्य जित्दै पाँचौ स्थानमा छन्।
जारी ओलम्पिकमा अहिलेसम्म ४१ देशले पदक जितेका छन्। जसमा दक्षिण एसियाबाट भारतले एक रजत हात पारेको छ।