नेपालका लागि ओलम्पिकमा भाग लिने पहिलो स्प्रिन्टर रघुराज वन्त २०३० को दशकदेखि एथलेटिक्स प्रशिक्षक छन्।
पूर्व राष्ट्रिय च्याम्पियन वन्तले सन् २०८० को मस्को ओलम्पिकमा सय मिटर दौडमा भाग लिएका थिए।
१९९० मा एथलेटिक्स संघको अध्यक्ष बनेका उनले १९९७ मा संघको अध्यक्षबाट राजीनामा दिएका थिए।
हाल एथलेटिक्सका स्वयंसेवी प्रशिक्षक वन्त एथलेटिक्सको बेथितीबारे आफ्नो धारणा राख्न डराउंँदैनन्।
अर्को सातादेखि सुरू हुने टोकियो ओलम्पिकका लागि छनोट भएर पनि म्याराथन धावक गोपीचन्द्र पार्कीको नाम अन्तिम समयमा काटिएपछि यस विषयमा उनले चर्को आलोचना गरिरहेका छन्।
पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धाराणा :-
टोकियो ओलम्पिकमा एथलेटिक्स व्यवस्थापक २, प्रशिक्षक १ र खेलाडी १
केही व्यक्ति ओलम्पिक कमिटीलाई गाली नगरी एथलेटिक्स संघलाई मात्र उछित्तो काटिन्छ भनेर गुनासो गर्दैछन्।
भन्न खोजेको के? कि ऐथलेटिक्स संघलाई सुतेर कार्यकाल कटाउन दिनुपर्छ भनेको!
कार्यकालको यत्रो समायावधिसम्म सिंन्को भाँच्न नसकेको कुरा त आफ्नो ठॅाऊमा छदैछ अब आएर ओलम्पिक कमिटीले छनोट आदिका बारेमा थिचोमिचो गर्यो भनेको हो भने संघको विरोध खोई त? संघको अधिकारीक धारणा खोई त?
यही ओलम्पिक कै कुरा गरौन।
१. कुन खेलको स्कलरसिप गुम्यो?
- एथलेटिक्स
२. कुन खेलको खेलाडी सबभन्दा अघि छनोट भई अन्त्यमा फालिए?
- एथलेटिक्स
३. कुन खेलमा अचम्मसँग अग्रगामी छलाङ लगाई प्रशिक्षक छानिए?
- एथलेटिक्स ।
४. कुन खेलमा गैरखेलका दुई-दुई जना प्रतिनिधि भएर जाँदैछन्?
- एथलेटिक्स।
यी कुरामा सहमत छैन भने विरोध कसले गर्नु पर्ने हो? संघले हैन? की फलानो र ठिस्कानोलाई विरोध गर्न जाओ हाम्लाई भन्न्ने हैन भनेको हो?
अनि यी घटना, बेथिती र अन्यायको बारेमा “एथलेटिक्स खेलका सम्बन्धित र शुभेच्छुक"हरूले स्विमिङ संघको विरोधमा बोल्नु पर्ने हो की कबड्डी संघको? की खेलाडी र प्रशिक्षकले जस्तै सहेर चुप बस्नु पर्ने हो?
छल गरेर आशिर्वाद स्वरूप प्राप्त गरेको अध्यक्ष पद, मालिकहरूको विरोध गर्दा धरापमा परिन्छ कि भनेर अध्यक्षले शिफारिस गर्ने, सहि गरेर आउने, संघका हरू चुप लागेर बस्ने, अनि कसैले बोल्यो भने अप्ठेरो मान्ने?!
जुन संघले यत्रो विवाद को वावजुद आफैले ओलम्पिकमा पठाएको प्रतिनिधिको बारेमा चूँ बोल्न सक्दैन, कथित चुनाव भएको अढाई वर्षसम्म कुनै योजना र कार्यक्रम दिन सक्दैन, आफैले घोषणा गरेको पुरस्कार दिदैन, न सम्पूर्ण पदाधिकारीहरूको नामावली नै सार्वजनिक गर्दछ, रंगशालामा अवस्थित कार्यालयलाई निजी घरमा लगेर राख्दा चूप लागेर बस्छ त्यस्तो संघको विरोधमा पनि एथलेटिक्सका जानकार र शुभेच्छुकहरूले बोल्नै नपाउने?
एथलेटिक्स संघको नेतृत्वको विरोध, कार्यशैलीको विरोध, अकर्मन्यताको विरोध, निस्क्रियताको विरोध भनेको एथलेटिक्स खेलको विरोध हैन भनेर बुझ्नु जरुरी छ।
यो पनि :- 'धीरेन्द्र सरकारसँग हात मिलाउँदा तीन वटा मुद्दा पर्यो'