टोकियो ओलम्पिक– २०२० मा सहभागी हुन नेपाली सुटिङ र जुडो टिम जापान प्रस्थान गरेका छन्।
सुटिङ खेलाडी कल्पना परियार र प्रशिक्षक असिम यादव तथा जुडो खेलाडी सोनिया भट्ट र सूर्यनारायण श्रेष्ठ शुक्रबार जापान प्रस्थान गरेका हुन्।
पौडीका गौरिका सिंह र एलेक्जान्डर ग्याडिगाड शाह तथा प्रशिक्षक शंकर कार्की जापान पुगिसकेका छन्।
अब एथ्लेटिक्सकी सरस्वती चौधरी र प्रशिक्षक इन्द्राकुमारी मल्ल त्यसतर्फ प्रस्थान गर्न बाँकी छ।
जुडो र सुटिङ टिमसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल पनि शुक्रबार टोकियो प्रस्थान गरेका छन्।
टोकियो ओलम्पिकमा नेपाली टोलीको सेभ दि मिसनका रुपमा सहभागी हुन सदस्य–सचिव सिलवाल जापान प्रस्थान गरेका हुन्।
सदस्य–सचिव सिलवालको अनुपस्थितिमा राखेप बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले निमित्त सदस्य–सचिवको कार्यभार सम्हालनेछन्।
टोकियो ओलम्पिक २०२० यहि जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ। जहाँ नेपालका पाँच खेलाडीले भाग लिनेछन्।
नेपालको तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर जम्मा २६ सदस्यीय टिमले सहभागिता जनाउनेछ।
ओलम्पिक्समा गौरिकाले महिला १०० सय फ्रिस्टाइल र एलेन्जान्डरले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।
कल्पनाले १० मिटर एयर राइफल, सोनियाले ४८ केजी तौल समूह र सरस्वतीले १०० मिटर दौडमा सहभागिता जनाउनेछन्।
उद्घाटन समारोहमा आयोजना हुने मार्च पासमा गौरिका सिंह र एलेक्जान्डर ग्याडिगाड शाहले नेपाली झण्डा बोक्नेछन्।
आयोजक जापानले नेपाललाई कोरोना भाइरस संक्रमणको आधारमा समूह ‘वान’ मा राखेको छ।
स्वास्थ्य मापदण्डअनुसार प्रतियोतिगामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिइसकेका छन्।
त्यसअनुसार टोकियो प्रवेश गर्नु अगाडि नेपालीले सात दिन लगातार ‘पीसीआर’ परिक्षण गर्नुपर्नेछ। टोकियो पुगेपछि तीन दिन ‘क्वारेन्टिन’मा बस्नु पर्नेछ।
टोकियो ओलम्पिक २०२० नेपालको तर्फबाट सहभागी हुनेहरूको नामावली:
खेलाडी र प्रशिक्षक
१. कल्पना परियार - खेलाडी - सुटिङ
२. असिम यादव - प्रशिक्षक - सुटिङ
३. सोनिया भट्ट - खेलाडी - जुडो
४. सूर्यनारायण श्रेष्ठ - प्रशिक्षक - जुडो
५. सरस्वती चौधरी - खेलाडी - एथ्लेटिक्स
६. इन्द्राकुमारी मल्ल - प्रशिक्षक - एथ्लेटिक्स
७. गौरिका सिंह - खेलाडी - पौडी
८. एलेक्जान्डर ग्याडिगाड शाह - खेलाडी - पौडी
९. शंकर कार्की - प्रशिक्षक - पौडी
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको निमन्त्रणामा
१. जीवनराम श्रेष्ठ - अध्यक्ष
२ निलेन्द्रराज श्रेष्ठ - महासचिव
नेपाल ओलम्पिक कमिटीबाट
१. चतुरानन्द राजबैद्य - उपाध्यक्ष तथा कार्यकारी निर्देशक
२. तेजबहादुर गुरुङ - उपाध्यक्ष
३. सुनिलकुमार श्रेष्ठ - उपाध्यक्ष
४. पिताम्बर तिम्सिना - सहमहासचिव
५. तुलसी थापा - सचिव
६. प्रकाशसम्शेर राणा - सदस्य
७. राम अवाले -सदस्य
युवा तथा खेलकुद मन्त्रालयबाट
१. केदार न्यौपाने - सचिव
राष्ट्रिय खेलकुद परिषदबाट
१. शिव कोइराला - उपाध्यक्ष
२. रमेशकुमार सिलवाल - सदस्यसचिव
३. सुभाष श्रेष्ठ - सदस्य
४. सम्पन्न श्रेष्ठ - सदस्य
मेडिकल टिम
१ डा. नबिशमान सिंह प्रधान - मेडिकल
टोकियो नेपाली दुतावास
१. प्रेम बराल - कर्मचारी
टोकियोस्थित नेपाली स्वयंसेवक
१. रुपेश डंगोल - स्वयंसेवक