टोकियो ओलम्पिकमा गोपीचन्द्र पार्कीले म्याराथनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन्। उनको स्थानमा अब सय मिटर दौडमा सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछिन्।
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाह, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जारी गरेको संयुक्त विज्ञप्तीमा सरस्वती चौधरीले ओलम्पिकमा भाग लिने उल्लेख छ।
यसअघि पार्कीले भाग लिने बताइएपनि म्याराथनमा कोटा पूरा भएकाले महिला सय मिटर दौडमा नेपाललाई कोटा उपलब्ध भएको विज्ञप्तिमा उल्लेख छ।
यसअघि ओलम्पिक कमिटीले पार्कीले ओलम्पिकमा भाग लिने पक्का भएको बताउँदै आएको थियो।
यी हुन् टोकियो ओलम्पिक खेल्ने नेपालका पाँच खेलाडी
'ओलम्पिक नेपालको तर्फबाट एथलेटिक्समा सहभागिताका लागि युनिभर्सालिटी प्लेस अन्तर्गत म्याराथन विधामा धावक गोपीचन्द्र पार्कीलाई सहभागी गराउन लङ लिस्टमा नाम पठाइएको थियो,' विज्ञप्तिमा भनिएको छ।
'युनिभर्सालिटी प्लेसमार्फत ओलम्पिक सहभागिता सुनिश्चित गर्नका लगि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक किमिटीबाट निर्णाय भएको हुँदा म्याराथनको हकमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभइ एथलेटिक्सको महिला विधाको १०० मिटर दौडको कोटा छुट्याइएको जानकारी प्राप्त भयो,' विज्ञप्तिमा उल्लेख छ।
'यस सम्बन्धमा नेपाल ओलम्पिक कमिटी र एथलेटिक्स संघले सम्बन्धित निकायमा पार्कीको सहभागिताका लागि अथक प्रायस गरेको थियो। तर सम्भव नभएको हुँदा नेपालका लागि दिइएको कोटा अनुसार सय मिटर दौडमा संघको सिफारिस अनुसार नेपालका उत्कृषट खेलाडी सरस्वती चौधरीको नाम पठाइको सबैमा जानकरी गरिन्छ।