नेपाली पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पाराल्याम्पिक गेम्स २०२० मा प्रतिस्पर्धा गर्ने भएकी छिन्।
नेपाल तेक्वान्दो संघका अनुसार पलेशाका लागि वाइल्ड कार्डमार्फत पाराल्याम्पिक खेल्ने बाटो खुला भएको हो।
जापानको टोकियोमा आगामी भदौ १७ देखि १९ गतेसम्म आयोजना हुने पाराल्याम्पिकमा गोवर्धनले के. ४४, ५८ केजी मुनिको प्रतिस्पर्धामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्नेछिन्।
नेपाली पारातेक्वान्दो खेलाडीहरूले आगामी जेठ ७ गते जोर्डनको अम्मानमा हुने पाराल्याम्पिकको लागि छनौट प्रतियोगिता खेल्नु पर्नेमा कोरोना महामारीका कारण अन्तराष्टिय हवाई उडान बन्द हुनुका साथै उक्त छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्न विदेशी खेलाडीहरूले तेश्रो मुलुकमा कम्तिमा २ हप्ता आइसोलेशनमा बस्नु पर्ने बाध्यताका कारण छनौट प्रतियोगिताबाट बञ्चित हुनुपरेको थियो।
छनौट प्रतियोगिताका लागि पलेशा लगायत ६ खेलाडीहरुलाई संघले चयन गरेको थियो। तसर्थ उक्त छनोट खेलबाट वञ्चित भए पश्चात नेपाल तेक्वान्दो संघले पलेशा र रञ्जना धामी (के.४४, ४९ केजी)को नाम राष्ट्रिय पारालम्पिक कमिटिको समन्वयमा वाईल्ड कार्डको लागि पहल गरेको थियो।
पलेशा गोबर्धन विश्व तेक्वान्दो महासंघको १३ औ बरियता (¥याङ्किङ्ग) मा रहेको र विश्व तेक्वान्दो महासंघ एवं अन्तराष्ट्रिय पाराल्यम्पिक कमिटिबाट नेपाललाई १ ओटा मात्रै कोटा दिने व्यवस्था भएकोले नेपली पारा राष्ट्रिय खेलाडी पलेशा गोबर्धनले के.४४, ५८ के.जी मुनि तौल समुहमा वाईल्डकार्ड प्राप्त गर्न सफल भएको संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ।
नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको पारा राष्ट्रिय टिममा २०७२ साल देखि नियमित तालिम तथा प्रशिक्षण लिई रहेकी छिन्।
पलेशाले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा पहिलो पकट के.४४, ५८ केजी माथि तेश्रो स्थान प्राप्त गर्न सफल भई मुलुकलाई कास्य पदक दिलाएकी थिईन्। यस्तै उनले पहिलो पटक कोरियामा आयोजना भएको तेश्रो एशियन अन्तगराष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगिता २०१७ मा के४४, ५८ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्दै ५ औ स्थान प्राप्त गर्न सफल भएकी थिईन्।
सोही वर्ष लण्डनमा आयोजित ७ औं विश्व पारा तेक्वान्दो प्रतियोगिता २०१७ मा पनि ५ औ स्थानमा प्राप्त गरेकी थिईन्। यस्तै पाचौ एशियन पारा तेक्वान्दो प्रतियोगिता आममन, जोर्डन २०१९ मा भएको खेलमा के.४४, ५८ केजी माथि ५ औं स्थानमा र ८औं विश्व पारा तेक्वान्दो प्रतियोगिता अन्तलया, टर्की मा के.४४, ५८ केजी माथि तौल समुहमा निकै राम्रो प्रदर्शनका बावजुद ५ औं स्थान प्राप्त गर्न सफल भएको नेपाल तेक्वान्दो संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ।