अनिता महर्जन नेपाली टेबल टेनिसको परिचित नाम हो।
टेबल टेनिस विकासको योगादान दिने सोचका साथ गत अप्रिल ६ उनले एन्निज पिङपङ क्लब स्थापना गरिन्।
विश्व टेबल टेनिस दिवसको अवसरमा आफ्नो परिवारको सहयोगमा स्थापना गरिएको क्लबमा उनले महिला सहभागितालाई जोड दिने बताएकी छिन्।
विश्व टेबलटेनिस दिवसका अवसरमा अनितालाई ‘फिमेल प्रोमोटर’ मा पनि चयन गरिएको थियो।
१५ वर्षदेखि टेबलटेनिस खेलिरहेकी उनी सशस्त्र प्रहरीको एपिएफ क्लबबाट खेल्ने गर्छिन्।
महिलाले खेल्नु हुन्न भन्ने सामाजिक मान्यतालाई तोडेर राष्ट्रिय टेबल टेनिस खेलाडी बनेकी उनी पुरुष साथीलाई समेत टक्कर दिने गर्थिन्।
'महिला घरको चुलो चौकोमा सीमित हुनु पर्छ भन्ने हाम्रो समाजको संस्कारलाई जितेर खेलकुद क्षेत्रमा लागेको हुँ,' उनले आइटिटिएफ फाउन्डेसनलाई भनेकी छन्।
'महिला भएकाले कसैले पनि मलाई गम्भीरताका साथ लिएन। पुरुष खेलाडीले मेरो मेरो धैर्य र क्षमतालाई अभ्यासका दौरान कम आँकलन गर्थे। अन्तर क्लब टेबल टेनिस प्रतियोगितामा रजत पदक जिते पछि मात्र ती कुरा परिवर्तन गर्न हुन थाल्यो, जहाँ मैले शीर्ष १० पुरुष खेलाडीहरू मध्ये एकलाई हराएँ।'
राष्ट्रिय टेलब टेनिसमा लामो समय बिताएपछि उनले टेलब टेनिस क्लब स्थापना गर्ने सोच बनाइन्। तर सुरुमा मानिहरूले पत्याएनन्। निरूत्साहन गरे।
'मेरो योजना सुनेर धेरैँ मानिसहरू हाँस्थे। धेरैले मलाई किन पुरुषको गर्ने काम गर्न मन पर्यो भन्थे,' उनी भन्छिन्।
सहयोग र साथ पाउन सुरुमा संघर्ष गरेर स्थापना गरिएको क्लबलाई आफ्नो क्षमता लगाउँदै सामवेशी बनाउने उनी बताउँछिन्।
उनी भन्छिन्-'अन्य खेलको विपरीत, टेबल टेनिसमा लिङ्गले केही फरक पार्दैन। यसले जुनसुकै उमेर, लिङ्ग वा शारीरिक क्षमताको मतलब राख्दैन। यो सबैका लागि हो। मेरो परिवारले मलाई मेरो भाइको जस्तै व्यवहार गर्नु मेरो भाग्य हो। त्यसैले मलाई टेलबटेनिस खेल्नु भयो। अब म आफ्नो क्लबमा सबैलाई खेल्न मौका दिने सुनिश्चित गर्न चाहान्छु।'
आफ्नै लगानीमा स्थापना गरिएको क्लबमा उनले समावेशलाई उच्च प्राथमिकत दिनुका साथै युवा महिला खेलाडी उत्पादन गर्ने लक्ष्य लिएकी छिन्।