इथियोपियाकी लिटिसेनबेट गिडीले महिला १० हजार मिटर दौडमा विश्व रेकर्ड कायम गरेकी छिन्।
उनले दुई दिनअघि बनेको विश्व रेकर्डभन्दा पाँच सेकेन्ड कममा दौडदै नयाँ विश्व रेकर्ड बनाएकी हुन्।
उनले मंगलबार नेदरल्यान्ड्समा भएको १० हजार मिटर दौड २९ मिनेट १.०३ सेकेन्डमा पूरा गरिन्।
यसअघि आइतबार डच धाविक सिफन हसनले विश्व रेकर्ड बनाएका थिइन्। हसनले सन् २०१६ को रियो ओलम्पिकमा इथियोपियाकी अल्माज अयनाको भन्दा १० सेकेन्ड कममा दौड पूरा गरेकी थिइन्।
नयाँ विश्व रेकर्ड बनाएपछि गिडीले विश्व रेकर्ड बनाउनका लागि दौडिएको बताउँदै भविष्यमा आफ्नै रेकर्ड पनि भंग गर्न चाहेको बताइन्।
गिडीको नाममा महिला ५ हजार मिटर दौडको पनि विश्व रेकर्ड कायम छ। सन् १९९३ पछि १० हजार मिटर र ५ हजार मिटर दुवैमा विश्व रेकर्ड बनाउने गिडी पहिलो धाविका बनिन्।
विश्व च्याम्पियनसिपको रजत विजेता गिडीले मंगलबार स्वर्ण जित्ने क्रममा दोस्रो स्थानकी गेब्रेसेलमा भन्दा एक मिनेट छिटो दौड पूरा गरेकी थिइन्।