नेपाली राष्ट्रिय फुटसल टिमको प्रमुख प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ६ महिनाका लागि प्रशिक्षक नियुक्त गरेको हो।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले मंगलबार बस्नेतलाई नियुक्त पत्र हस्तान्तरण गरे।
उनलाई प्रशिक्षक नियुक्त गर्न एन्फाको फुटसल कमिटीले सिफारिस गरेको थियो।
बस्नेतले यसअघि राष्ट्रिय टिमको सहायक प्रशिक्षक भएर काम गरेका थिए।
उनले एएफसी/एन्फा ए लाइसेन्स कोर्ष गरेका छन्।
'मलाई जिम्मेवारी दिएकोमा खुसी छु। नेपाली फुटसलको स्तर सुधार गर्ने मेरो प्राथमिक लक्ष्य हुनेछ,' उनले भने।
बस्नेतले आगामी अक्टोबरमा हुने २०२२ एएफसी फुटसल एसियन कप छनोटमा नेपाली टिम सम्हाल्नेछन्।